Saturday, May 30, 2009

आइरहे पो दुःख-सुख

आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ
छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ

कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा
गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

सिमसिमेको चालै हुन्न, आखिर धर्ती गलाउछ नै
धाइरहे पो समुन्द्रको आफ्नो छुट्टै धार हुन्छ

नुहिएको बालाभित्र स्वाभिमानको झुल्छ शिर
साइरहे पो कुना-काप्चा बाँझो धर्ती टार हुन्छ

मिर्मिरेलाई स्वागत गर्न डुब्नुपर्छ घाम पनि
पाइरहे पो सञ्जिवनी मञ्जरीको घार हुन्छ

7 comments:

  1. राम्रो गजलकारको राम्रो संभावना !

    ReplyDelete
  2. सर्गमंजरीले गजलमा लगानी गरेको समयको नतिजा हो यो गजल जो प्रशंसनीय छ ।

    ReplyDelete
  3. Yo gajal romro cha. aru pani add garnu hola.la


    Kapil Anjan
    Banke

    ReplyDelete
  4. nikai khariyeko gajal, dui-ota kafiya prayog garnu ramro gajalkar hunuko praman ho.

    ReplyDelete
  5. Sirjana ramro 6. Ajai thapnu paryo.Thanks a lot..Bro. Bam

    ReplyDelete
  6. naya rachana nathapne ho vane aainda tapaiko blog heridaina.....

    ReplyDelete