भुल्यौ कि त घौयाबारी आली रुयो अरे
ढिडो लिटो लोट्याएको थाली रुयो अरे
गरिब र निमुखाको लागेपछि भिसा
थर्काई खाने पल्लो गाउँको जाली रुयो अरे
बाझिएछ चर्किएछ रुखिएको धर्ती
हास्दैनन् रे घुर् यान गैह्रा फाली रुयो अरे
बेखबर बेघरबार बाँच्नुपर्दा बर्षौ सम्म
गोडमेल गरि जोगाउने माली रुयो अरे
लिलामीको तमासुक बुइगल चढे पछि
पुष माघको शीत छेक्ने पाली रुयो अरे ।
Thursday, March 11, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment